×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ ऋणमा डुबेका दुई एयरपोर्टमा थप लगानी गर्दै सरकार, गलपासो प्रमाणित हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL

चिनियाँ ऋणमा डुबेका दुई एयरपोर्टमा थप लगानी गर्दै सरकार, गलपासो प्रमाणित हुँदै !

३१ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चिनियाँ ऋणमा फसेका दुई अन्तराष्ट्रिय विमानस्थल (पोखरा अन्तराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल) मा सरकारले थप लगानी बढाउने भएको छ । सञ्चालनको योजनाबिना चिनियाँ ऋणमा निर्माण गरिएका दुई विमानस्थलको भविष्य नदेखेपछि सरकारले थप लगानी गर्न लागेको हो । 

दुवै विमानस्थललाई ‘फुल फेज’मा सञ्चालन गर्न सरकारले २०८३ सालसम्म टिकटदेखि इन्धनसम्म छुट दिने भएको छ । 

विमानस्थल सञ्चालन गर्ने विकल्प र उपायबारे अध्ययन गर्न बनेको कार्यदलले दिएको सुझावका आधारमा प्रधानमन्त्रीको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री र पदाधिकारीबीच बसेको बैठकले छुट सुविधा दिने निर्णय गरेको हो ।

मन्त्रालयका अधिकारीका अनुसार सरकारले दुवै विमानस्थलमा हवाई टिकट, ग्राउण्ड ह्याण्डलिङ तथा हवाई इन्धनमा छुट दिने भएको छ । यस्तो छुट सुविधा सरकारले २०८३ साल भदौसम्म दिनेछ ।

योसँगै अब हवाई टिकटमा लाग्दै आएको भ्याट यी दुई विमानस्थलमा २०८३ भदौसम्म लिइने छैन । त्यस्तै, हवाई इन्धन पनि काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कायम इन्धनको मूल्यभन्दा सस्तोमा दिइनेछ भने ग्राउण्ड ह्याण्डलिङमार्फतको सेवा शुल्क पनि लिइने छैन ।

सरकारले दुवै विमानस्थल सञ्चालनका लागि दिएको सहुलियतले विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने विश्वास लिइएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी