×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बुलको करेक्सन अवसर हो, तर कम्पनी छान्दा जोगिनुपर्छ’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘बुलको करेक्सन अवसर हो, तर कम्पनी छान्दा जोगिनुपर्छ’ 

Artha Sarokar

२७ श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले बुल बजारमा आउने हरेक करेक्सन अवसर हुने बताएका छन् । अर्थ सरोकारको ‘स्टक चार्ट विथ बिमोददेव पन्त’ कार्यक्रममा बोल्दै उनले बुल बजारमा आउने हरेक करेक्सन किन्ने अवसर हुने बताएका हुन् ।

उनले बढिरहेको बजारमा करेक्सन आवश्यक भएको र करेक्सन आउनु स्वभाविक भएको भन्दै बजारमा करेक्सन आउँदा आत्तिने भन्दा पनि अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । 

पन्तले पछिल्लो समय निरन्तर बढिरहेको बजारले करेक्सन खोजिरहेको तर सडकदेखि संसदसम्म बजारबारे उठेका अनावश्यक हल्लाले ठूलो प्रभाव पार्दा ‘बिग करेक्सन’ देखिएको बताएका छन् । तर, आगामी दिनमा पनि बजारमा करेक्सन आउन सक्ने भन्दै उनले बुल बजारमा आउने हरेक करेक्सनलाई अवसरका रुपमा लिन सकिने पनि बताएका छन् । 

त्यस्तै, उनले सेयर बजारमा कम्पनी छान्दा लगानीकर्ताले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । सेयर बजारबारे पन्तसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी