×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लगानीका लागि नेपाल सम्भावना नै सम्भावना भएको मुलुक हो’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘लगानीका लागि नेपाल सम्भावना नै सम्भावना भएको मुलुक हो’ 

Artha Sarokar

१४ भाद्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश भएको बताएका हुन् । 

उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको दाबी गरे । 

‘नेपालमा सम्भावना छैन भनेर गलत भाष्य स्थापित गरिएको छ । तर, वास्तविकता त्यस्तो होइन, छैन ।’, अध्यक्ष ढकालले भने, ‘नेपालमा जता हेर्यो, त्यतै अवसर छ । जहाँ हेर्यो त्यहीँ अवसर छ ।’ 

त्यस्तै, ढकालले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म कसरी आइपुग्यो ? भन्दै प्रश्नसमेत गरेका छन् । उनले आम नागरिकहरुलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा लगानीका लागि प्रचुर सम्भावना रहेको दाबी गरेका छन् । 

अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानूनहरु नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिल्यै पनि राम्रो वातावरण बनाउन नसकिने पनि उल्लेख गरेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी