×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स क्यापिटलको लाभांश क्षमता ३० प्रतिशतले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स क्यापिटलको लाभांश क्षमता ३० प्रतिशतले वृद्धि

Artha Sarokar

२८ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १८औं वार्षिक साधारणसभा भदौ १७ गते हुने भएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चुक्ता पूँजीको १५‍.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरूका बाबजुद कम्पनीले अघिल्लो आर्थिक वर्ष भन्दा वृद्धि हासिल गर्न सक्षम भएको जनाएको छ ।

कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह-लगानी रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी