×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलिट क्यापिटलले रेन्बो डिस्टिलरीलाई रोड टु आईपीओ सेवा दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एलिट क्यापिटलले रेन्बो डिस्टिलरीलाई रोड टु आईपीओ सेवा दिने

Artha Sarokar

४ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मदिरा उत्पादन कम्पनी रेन्बो डिस्टिलरीले आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले आईपीओ जारी गर्नका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवा अन्तरगत रोड टु आईपीओ योजनासम्बन्धि सम्झौता गरेको छ । गत शुक्रबार आयोजित एक कार्यक्रममा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिलरीका अध्यक्ष मिनराज भुषालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पूँजीबृद्धी र व्यवशायीक प्रबर्द्धनमा परामर्श सेवा दिँदै आइरहेको छ ।

रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई शतप्रतिशत बृद्धी गरी पब्लिक कम्पनीमा रुपान्तरण हुने जनाएको छ । एलिटले रेन्बोलाई चुक्ता पुँजीबृद्धि, ब्यवशाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

हाल १० करोड चुक्तापुँजी रहेको सो कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीबृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गरिँदैछ । यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्ट समेत जडान गरिरहेको छ । पुँजी बृद्धिपछी कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भई आईपिओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष मिनराज भुसालले जानकारी दिए ।

रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा यस कम्पनीले ५० यूपि र ७० यूपिका सोफी, स्मुच, ईडेन प्रिमियम, पिकनिक, अरेन्ज, पाईस, टकिला लगायत २ दजएन ब्राण्डका आध’निक मदिरा उत्पादन गरिरहेको छ ।

हालसम्म नेपालको सेयर बजारमा मदिराजन्य उद्योग एउटा मात्र सुचिकृत भएको छ । त्यसैले मुनाफाजन्य उद्योगको रुपमा रहेको रेन्बो डिस्टिलरीलाई पब्लिक कम्पनी बनाई आईपिओ जारी गर्न लागिएको कम्पनीका संचालक प्रकाश भुषालले जानकारी दिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी