काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणअघि प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको संचालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीको बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव रहेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।
ग्लोबल आइएमई बैंकमा कर्जा व्यवस्थापन, जोखिम तथा नियन्त्रण, बैंकिङ्ग अपरेसन, जोखिम व्यवस्थापन, अनुपालन, शाखा सञ्चालन, सामान्य प्रशासन, मर्जर व्यवस्थापन लगायत समग्र बैंकिङ्गको सुपरिवेक्षण तहमा काम गरिसकेका रेग्मी एक अब्बल बैंकरका रुपमा परिचित छन् ।
नवनियुक्त रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।
शपथ कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले लामो समय बैंकिङ क्षेत्रमा रही काम गरेका रेग्मीको कार्यकालमा बैंक थप सबल र सृदृढ हुने विश्वास व्यक्त गरे । उनले नयाँ प्रमुख कार्यकारी अधिकृत रेग्मीको नेतृत्वमा बैंकको सेवालाई समयसापेक्ष बनाउँदै आम सेवाग्राहीलाई सहज र सुरक्षित बैंकिङ प्रदान हुने बताए ।
पदभार ग्रहण गर्दै रेग्मीले मुलुककै सबैभन्दा ठूलो र प्रतिष्ठित बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिँदा गर्व र दायित्वबोध दुवै महशुस भएको बताए ।
उनले आफ्नो कार्यकालमा बैंकको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरु, नयां र सुरक्षित प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा बैंकको सम्मानजनक उपस्थितीलाई अझ मजवुत बनाउँदै लैजाने प्रतिबद्दता व्यक्त गरे ।
उनले ग्लोबल आइएमई बैंकको ब्रान्ड, नेटवर्क र सशक्त बजार हिस्सा बढाउँन आफूले प्रयत्न गर्ने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्