Skip to content
LAXMI SUNRISE BANK

गार्डियान माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

अर्थ सरोकार

काठमाडौं । गार्डियान माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । इन्स्योरेन्सले २२ करोड ५० लाख मुल्य बराबरको १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सोमबार एक कार्यक्रमकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK