×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

हिमालयन लघुवित्तद्वारा ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी

Artha Sarokar

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी पर्साले बीमा दाबी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पटेर्वा सुगौली वडा नं.४, महेन्द्रपुर टोलमा रहेको केन्द्र न.०२ की सदस्य लक्ष्मीनिया देवी मुसहरको श्रीमान गणेश माझी मुसहरको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराईएको हो ।

सदस्य लक्ष्मीनिया देवी मुसहरले संस्थाबाट दुई लाख कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ४१ हजार ८ सय २८ रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम एक लाख ८३ हजार एक सय ७२ रुपैयाँ निज सदस्य लक्ष्मीनिया देवी मुसहरलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक जितेन्द्र कुमार पासवानले बताए ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक जितेन्द्र कुमार पासवान, शाखाका कर्मचारी गजिन्द्र कुमार पटेल, रामशरण कुमार महरा र राज चौधरीको उपस्थिति रहेको थियो भने केन्द्र न.०२ की सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी