काठमाडौँ । जापानमा बेरोजगारी दर बढेको छ । एक महिनाअघिको तुलनामा जुलाई महिनामा बेरोजगार दर बढेको जापान सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
सञ्चार तथा आन्तरिक मामिलामन्त्रालयका अनुसार मौसमी रूपमा समायोजन गरिएको बेरोजगार दर २.७ प्रतिशत रहेको छ, जुन अघिल्लो महिना २.५ प्रतिशत थियो ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्याङ्कअनुसार रोजगारीको उपलब्धता अनुपात जुन महिनामा ०.०१ अङ्कले बढेर १.२४ पुगेको छ । तथ्याङ्कले काम खोज्ने प्रत्येक १०० जनाका लागि १२४ रोजगारी उपलब्ध रहेको सङ्केत गर्छ ।
विश्लेषकहरूले जुलाईमा रोजगारीको वातावरण बिग्रिएको औंल्याए, तर बेरोजगारहरूमा स्वेच्छिक राजीनामाका घटनाहरू बढेका कारण श्रम बजारको तरलता बढ्दै गएको हुन सक्ने बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्