×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक वर्षमा १ सय ६० किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण 

LAXMI SUNRISE BANK
GLOBAL

एक वर्षमा १ सय ६० किसानलाई ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण 

११ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कृषि ज्ञान केन्द्रले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । 

केन्द्रले गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा रहेका एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरेको हो । कृषि यान्त्रिकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभइ व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले कैलाली जिल्लाका किसानलाई कृषियन्त्र वितरण गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्याम जोशीले बताए । 

ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरिएको उनले बताएका छन् । गत आर्थिक वर्षमा मिनी ट्रेलर ४८, मोटर ६८, रिपर २६, हैरो १२, कल्टीभेटर दुई, बताउने पङ्खा दुई र भ्याज ह्वील दुई किसानलाई कृषियन्त्र वितरण गरिएको सूचना अधिकारी जोशीले बताएका छन् ।

सो कार्यक्रमका लागि गत आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरिएकामा रु ४४ लाखका कृषियन्त्र खरिद गरी किसानलाई वितरण गरिएको जोशीले जानकारी दिएका छन् । 

किसानलाई वितरण गरेको कृषियन्त्रले खेती गर्न सहयोग पुग्नेमा उनले विश्वास व्यक्त गर्नुभयो । अनुदानमा कृषियन्त्र पाएपछि खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सकिने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा परिवर्तन आउने जोशीको भनाई छ ।

अनुदानका कार्यक्रमले धान, गहुँ, तरकारीको क्षेत्रफल बढ्नुका साथै उत्पादनमा समेत वृद्धि भइरहेको ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ ।  ज्ञान केन्द्रले किसानलाई कृषि गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको छ । अनुदान पाउनका लागि निवेदन दिएका किसानमध्ये अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसानलाई छनोट गरेर कृषियन्त्र उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ ।  ज्ञान केन्द्रले जिल्लामा किसानको मागका आधारमा परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी अनुदानका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कृषिको व्यावसायिक खेतीका लागि समूह र सहकारीमा आबद्ध किसानलाई अनुदानका कार्यक्रममा समावेश गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रले वृहत विशेष कृषि विकास कार्यक्रमअन्तर्गत आलु प्रवर्द्धन कार्यक्रम, रैथाने बाली संरक्षण, बेमौसमी तरकारीखेती, च्याउखेती, चैते धान लगायतका अन्य कृषि कार्यक्रम सञ्चालन गर्दै जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी