×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा १० प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा १० प्रतिशत छुट

Artha Sarokar

२४ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित समाज डेन्टल प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो समाज डेन्टलका नयाँ बानेश्वर- काठमाडौँ, जावलाखेल चोक-ललितपुर, राधेराधे-भक्तपुर, सनसिटी-पेप्सीकोला, बसुन्धरा चौकी- काठमाण्डौं, सितापाइला चोक-काठमाण्डौ, बौद्ध-जोरपाटी, कौशलटार-भक्तपुर, इमाडोल-ललितपुर, बनेपा- काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, कुमारी बैंकका ग्राहकहरुलाई उक्त सेवा केन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क समेत नि:शुल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी