काठमाडौँ । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड-२ ले लाभांश घोषणा गरेका छन् । कम्पनीको मिति २०८१ साल श्रावण १४ गते, सोमबारका बसेको सञ्चालक समितिको १४४ औँ बैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि २ वटा योजनाका इकाईधनीहरुलाई नगद लाभांश घोषणा गरेको हो ।
लक्ष्मी भ्यालु फण्ड-२ ले ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ भने लक्ष्मी उन्नती कोषले ७.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।
साथै, सोहि बैठकले ‘शुभ लक्ष्मी कोष’ नामक खुलामुखी योजनाका इकाईधनीहरुलाई कर सहित ७.५% प्रतिफल वितरण गर्ने निर्णय छ ।
‘शुभ लक्ष्मी कोष’ एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ ।
यस अघि नै उक्त योजनामा सहभागी हुन आफ्नो नाम दर्ता गराई सकेका योग्य इकाईधनीहरुको हितग्राही खातामा यथासिघ्र इकाईहरु पठाउने जनाईएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्