×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, ईपीएस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, ईपीएस कति ?

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफा बढेको छ ।

असार मसान्तमसम्ममा बैंकको खुद नाफा ३२.७९ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले कुल ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९४.६६ प्रतिशतले बढेको छ । यसअवधिमा बैंकको कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ३५.९९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो ।

त्यस्तै, बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस २ रुपैयाँ ५४ पैसाले बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २८ करोड र वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ । २३ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित रहेको भने यसअवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी