×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आइपीओ जारी गर्ने प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आइपीओ जारी गर्ने प्रस्ताव पारित

Artha Sarokar

३२ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको साधारण सभा साउन ३१ गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा सम्पन्न भएको हो ।

सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । आइपीओ निष्काशनका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित भएको छ ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने जनाएको छ ।

सभामा कम्पनीका अध्यक्ष लगायत संचालक, सेयरधनी, सेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी