×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता, गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता, गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने

Artha Sarokar

१२ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भृकुटीमण्डपमा भदौ ११ गतेदेखि १६ गतेसम्म  सञ्चालन भइरहेको १६औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको छ ।

गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. इ३३ मा गई सम्पर्क गर्न सक्नेछन् ।

बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी