Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता, निसान गाडी किन्न ९.९९ प्रतिशतमै कर्जा पाइने

अर्थ सरोकार

काठमाडौँ ।  महालक्ष्मी विकास बैंक र निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको बैंकको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK