×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडामा टाटा : ब्यानरमा मुख्य प्रायोजक, व्यवहारमा ‘भाटा’ !

LAXMI SUNRISE BANK
GLOBAL

नाडामा टाटा : ब्यानरमा मुख्य प्रायोजक, व्यवहारमा ‘भाटा’ !

१३ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अघिल्ला नाडा अटो शो सम्झने हो भने, शोमा मुख्य प्रायोजकको शान नै बेग्लै हुन्थ्यो । जो मुख्य प्रायोजक हुन्छ, जताततै उसका ब्यानर हुन्थे, सो ब्राण्डलाई विशेष प्राथमिकता दिइन्थ्यो । तर यसपाली भने नाडा अटो शोमा फरक दृश्य देखिएको छ । मुख्य प्रायोजक टाटाको ब्राण्ड उपस्थिति कमजोर मात्र छैन, टाटालाई स्टलमा पनि कुनामा पारेर हेपिएको छ ।
यसपाली नाडा अटो शोमा प्रवेशद्वारा बिगतभन्दा फरक छ । अझ कताबाट छिर्नेमात्र होइन, कताबाट निस्कने कुरामै अवलोकनकर्ता कन्फ्युज्ड भएको देखिन्छ । बिगतमा छिर्ने बित्तिकै मुख्य प्रायोजकको स्टल देखिने परम्परालाई तोडेर यसपटक टाटाको स्टल पनि अवलोकनकर्ता नै झुक्किनेगरी कुनामा राखिएको छ । भित्र प्रवेश गर्ने बेलामा टाटाको स्टल नै देखिंदैन । फर्कने बेला एक्जिट भनेर देखाइएको गेटबाट अवलोकनकर्ता अरु स्टल भएतिर जाने व्यवस्था गरिएको छ, त्यहि कुनामा टाटाको स्टल छ । यहि कारण यी स्टलहरुमा अवलोकनकर्ता जान धेरै छुटेका छन् ।
‘न प्रवेश गर्ने ठाउँमा हाम्रो ब्यानर छ, न हामीलाई गतिलो ठाउँ नै दिईएको छ । त्यहि भएर मुख्य प्रायोजक भएको फील नै आएको छैन ।’ टाटाको स्टलमा भेटिएका टाटाका एक प्रतिनिधिले अर्थ सरोकारसँग भने, ‘हामी भारतीय ब्राण्ड भएकोले हामीलाई हेपिएको छ । नाडा अटो शो नाडाको शो भन्दा पनि चिनियाँ लगानीको शो जस्तो देखाएर हामीलाई पक्षपातपूर्ण व्यवहार गरिएको छ । अझ ठाडो भन्दा हामीलाई भाटा हानिएको छ । तर माथि सर (मालिक)को कुरा मिलेपछि हामीले भन्ने ठाउँ रहेन । तर, सहि ठाउँ नदिएकै कारण हाम्रो बुकिङ सोचेजस्तो आएको छैन ।’
टाटाका ती प्रतिनिधिका अनुसार बाहिर हल्ला चलेजस्तो यसपटक नाडा अटो शोमा क्रेज त छैन नै, टाटाकै गाडीहरु पनि बुक हुन सकेका छैनन् । ‘शोमा आउने, र ल्याइने दुवै खालका मान्छेमा चिनियाँ ब्राण्डप्रति भ्रम छरिएको छ । र अहिले त्यहि भ्रमले जितेको अवस्था छ । यसपटकको नाडा अटो शोमा सबैभन्दा आकर्षण टाटामै हुनुपर्नेमा चिनियाँ ब्राण्डको मात्र होइन चिनियाँ ब्राण्डप्रति आयोजककै च्यापाईले टाटा छायाँमा परेको छ ।’
टाटाका प्रतिनिधिले शोभरि टाटाको ब्राण्ड प्रस्तुती पनि निकै कमजोर देखाइएको आरोपसमेत लगाइएको छ । ‘जताततै मुख्य प्रायोजक देखिनुपर्थ्यो, तर हाम्रो ब्राण्ड खोज्न हामीलाई नै अफ्ट्यारो परिरहेको छ । नाडामा आएका थुप्रैले हाम्रो स्टल नै नदेखी फर्कनुभएको छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी