काठमाडौँ । निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
निओ मनि ट्रान्सफर पछिल्लो समय नेपालमा स्थापित एउटा छिटो, भरपर्दो र सुरक्षित मनि ट्रान्सफर कम्पनी हो ।
वैदेशिक रोजगारी साथसाथै उच्च शिक्षाको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले बेलायत निकै आकर्षक गन्तव्य हो । हाल बेलायतमा १,५०,००० भन्दा बढी नेपालीहरु आफ्ना परिवारका लागि काम गर्न साथ साथै उच्च शिक्षा हासिल गर्ने क्रममा बसोबास गरिरहेका छन् ।
बेलायतमा रहेका नेपालीहरुले अब मनिटुको वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्नेछन् ।
बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ । साथै नगदमा पठाइएको कारोबार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।
नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृतसागर खनालले भने ‘हामी अब मनिटु सँग नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौँ, मलाई आशा छ सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट अफ मुभिङ्ग फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्