काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड ‘बेष्ट इन डिजिटल बैंकिङ अवार्ड’बाट सम्मानित भएको छ । इण्डियन चेम्बर अफ कमर्सको दोश्रो आइसीसी इमार्जिंग एशिया बैंकिङ अवार्ड अन्तर्गत नयाँ दिल्लीमा आयोजित ‘बैंकिङ कनक्लेभ-२०२४’ मा बैंक सो अवार्डबाट सम्मानित भएको हो ।
अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट एनआइसी एशिया बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।
यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको एनआईसी एशिया बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्