काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरु प्रतिफल घोषणा गरेको छ । क्यापिटलको श्रावण १६ गते बसेको संचालक समितिको बैठकले योजनाहरुको प्रतिफल घोषणा गर्ने निर्णय गरेको हो ।
यस्तो छ योजनाहरुको प्रतिफल :

एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत, पाँचौं वर्ष १०.५० प्रतिशत तथा छैटौं वर्ष अर्थात आर्थिक वर्ष २०८०/८१ को लागि घोषणा गरेको ९.५० प्रतिशत सहित हालसम्म ८५ प्रतिशत प्रतिफल वितरण गर्न सफल भएको छ ।
एनआईसी एशिया ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत, चौंथो वर्ष १० प्रतिशत तथा पाँचौं वर्ष अर्थात आ.व. २०८०÷८१ को लागि घोषणा गरेको ९.२५ प्रतिशत सहित हालसम्म ७०.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।
पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत, तेश्रो वर्ष १० प्रतिशत तथा चौंथो वर्ष अर्थात आ.व. २०८०÷८१ को लागि घोषणा गरेको १० प्रतिशत सहित हालसम्म ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।
नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ अन्तर्गत एसआइपी तथा एसडब्लुपी योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्