काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा भदौ ११ गते मंगलबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथलीमा सम्पन्न भएको हो ।
सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । उक्त सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५२.५३ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त सभामा संचालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले रु.२० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु.३० करोड भन्दा बढी आम्दानी गरी रु.१२ करोड १६ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्