Skip to content
LAXMI SUNRISE BANK

एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

अर्थ सरोकार

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।

बिहीबार आयोजित एक समारोहकाबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर दाखिल खारेज, नामसारी, अभौतिकिकरण, लाभांस वितरण लगायत सेयर रजिष्ट्रेसन सम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबाट हुनेछ ।

यस एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड २०६९ साल ०५ महिना ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई आफ्नो उद्देश्य अनुरुप विभिन्न जलविद्युत, पर्यटन, होटल, बीमा, सञ्चार लगाएतका परियोजनाहरुमा लगानी सम्बन्धी काम/कारोबार गर्दै आइरहेको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा सेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK