×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको बनेपा शाखाद्वारा वृक्षारोपण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

समृद्धि फाइनान्सको बनेपा शाखाद्वारा वृक्षारोपण

Artha Sarokar

२९ श्रावण २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्सको बनेपा शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले साउन २८ गते सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय बनेपा परिसरमा विभिन्न फलफुल तथा फुलका बोट लगाई सम्पन्न गरिएको हो ।

श्रावण पहिलो साताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम नारायणगढ, औरही र इटहरी शाखाबाट सम्पन्न भईसकेको र श्रावण महिना भित्र फाइनान्सका अन्य शाखाहरुबाट पनि सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ ।

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शुल्क प्रदान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी