×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार घट्नुका मुख्य ३ कारण, अब के होला ? बजार कता जाला ? (भिडियो ब्रिफिङ) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सेयर बजार घट्नुका मुख्य ३ कारण, अब के होला ? बजार कता जाला ? (भिडियो ब्रिफिङ) 

Artha Sarokar

३ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । सेयर बजारमा ४ थरी मान्छेलाई अहिले बजार बढेको फिटिक्कै चित्त बुझेको छैन ।
१. ती लगानीकर्ता जो बजार २००० हाराहारीमा हुँदा अव बजार १६०० आउँछ भनेर बेचेर बसे ।
२. सेयर बजारमा ठुलो करेक्सनको आस गर्दा गर्दै बजार १००० अंक बढ्यो, तर जसले किन्न नै सकेनन् ।
३. सस्तोमा किनेकाहरुले दुई चार पैसा कमाएको देखि नसहने बर्ग, जो आफू बाहेक कसैले पैसा कमाएको देख्न नै सक्दैन ।

अनि ४, जसले आफूले एक लट कमाईओरी, बीचमा बेचेर किन्नका लागि एउटा ठुलो करेक्सन कुरिरहेकाहरु

तर, यी ४ थरीका बजार घटोत्तरीका आशालाई लोपुवा खुवाएर बजार निरन्तर बढिरहेको थियो । तर आफूले बेचेपछि बजार जसरी पनि घट्नुपर्छ र आफूले किन्नेबित्तिकै पोजेटिभ सर्किट लाग्नुपर्छ भन्ने केहीले बजारलाई यति नमज्जासँग प्रभावित पार्न खोजे कि उनीहरु अहिले नै किन्न रोकिनुस्, करेक्सन नआई किन्दै नकिन्नुस् भनेर सामाजिक संजालमा बर्बराउन थाले । यतिसम्मकि, सेयर बजारमा राम्रै फलोअर्स भएकाहरु पनि यही झुण्डमा परे । बजार भर्टिकल रुपमा बढिरहेको देखिरहेका लगानीकर्ता पनि चलेकै मान्छेले यस्तो भनेपछि आत्तिए । उनीहरुलाई यसरी आत्तिनुपर्ने केही छैन भनेर बुझाउनेहरु पनि कम भए । परिणाम, बजार साताको कारोबारको पहिलो दिन नै ३४.४७ अंकले घट्यो । बजार खुलेदेखि, बन्द हुँदासम्म विभिन्न उतारचढाव चलिरहेको थियो । तर अन्तिम समयमा आएर बजार स्वात्तै घट्यो । र अन्ततः नेप्से परिसूचक आइतबार ३४.४७ विन्दुले घटेर २९६६.३३ अंकमा पुग्यो । कारोबार २८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी भएको बजारमा अन्तिम समयमा करेक्सन आयो ।  

हुन त सेयर बजार बढ्नु र घट्नु स्वभाविक हो । बजार घटेपछि बढ्छ र बढेपछि घट्छ भन्ने तथ्य पनि स्वाभाविक हो । बजारमा नेप्से धेरै बढीसक्यो, एक ठाउँ आएर करेक्सन हुन्छ भन्ने लगानीकर्ताको केही अपेक्षा पनि थियो । तर आइतबारको करेक्सन केही फरक देखियो । 

आखिर बजार घटोत्तरीका कारण के के हुन् ? 
१. सेयर बजार मनोविज्ञानले नै चल्ने हो । शनिबार एकाएक अव बजार घट्छ, किन्न छोड्नुस भन्ने आशयका सन्देश संजालभरी भाइरल बनेपछि त्यसले लगानीकर्ताको मनोविज्ञानमा ’हिट’ गरेको थियो । परिणाम, आइतबार बजारमा त्यसको प्रभाव देखियो । घट्ने र बढ्ने रफ्तार उग्र देखिएको बजारमा धेरैले प्रफिट बुक गरे, धेरै आत्तिए । यसो त अघिल्लो बुलमा अनुभव मात्र कमाएका र पैसा कमाउन नसकेकाहरु यसपटक पनि त्यस्तै हुन्छ भन्ने पीरले बजारबाट बाहिरिए । कतिपयले अव त करेक्सन नै आउँछ भन्ने हल्लालाई पत्याए र बजारबाट बाहिरिए । 

२. सस्तो मूल्यमा किनेको छोटो अवधिमै राम्रो नाफा भएको अवसरलाई पनि लगानीकर्ताले इनक्यास गरे । बजारमा बेचेपछि मात्र नाफा हुन्छ भन्ने तथ्य बुझेका लगानीकर्ताले सेयरलाई क्यासमा कन्भर्ट गरे । भनेजति नै बायर पाएपछि केही स्टकहरुमा सेलरको हाबी देखियो । बजारमा ट्रेडर र लामो समय सेयर होल्ड गरेकाहरुले एकसाथ नाफा बुक गर्दा अन्तिम समयमा सेलिङ प्रेसर देखियो र नेप्से अन्ततः घटेर बन्द भयो । 

३. सेयर बजारमा अघिल्लो पटकको हाइ ब्रेक गर्नु अघि करेक्सन लिएको इतिहास देखेका, बुझेकाहरु पनि आज बजारबाट बाहिरिए । यो स्वभाविक तर अलि बढी प्रेसराइज्ड देखिएको स्थितिका बीच लगानीकर्ताले नाफा बुक गरे र सेयरलाई क्यास बनाए । ३२०० कट्नुअघि बजारले एउटा करेक्सन लिन्छ नै भन्ने बुझेका लगानीकर्ताले सो करेक्सन आजै हुन सक्ने भन्दै अन्तिम समयमा सेलिङ प्रेसर दिए । हरेक पटक अघिल्लो बुललाई क्रस गर्दै बजार माथि जाँदा देखिने दृश्य पनि हो यो, जुन आज बजारमा देखियो ।

के बजार अव घट्ने नै हो त ?
बजार घट्नु, बढ्नु स्वाभाविक नै हो । तर पनि आइतबारको करेक्सन सामान्य करेक्सनबाहेक केही नभएको जानकारहरुको ठम्याई छ । किन्न रोकिनुस्, नकिन्नुस्, अव त किन्ने नै होइन भनेर आएका सन्देशहरुलाई अबुझ र अजासु लगानीकर्ताले हेरेर आत्तिए, र जान्ने लगानीकर्ताले हेरे र इग्नोर गरे भन्ने तथ्य बजारको कारोबारले प्रष्ट देखाउँछ । यसको अर्थ यो स्वभाविक करेक्सन हो र बजार माथि जाने सम्भावना बढी देखिन्छ ।     

कारोबार रकममा देखिएको उत्साहले पनि बजारमा क्रेज बढेको बढ्यै छ भन्ने प्रस्थ देखाउँछ । बैंकले ब्याजदर घटाउनु, बैंकसँग प्रसस्त तरलता भएको स्थिति हुनु, सेयर बजारमा माहोल दिनानुदिन बढ्नु, नीतिगत सहजताले पनि प्रसय पाउनु, सरकार स्वयम् सेयर बजार प्रति सकारात्मक हुनु लगायतका कारणले पनि अव बजार यात्रा माथि नै जान्छ भन्ने देखाउँछ । तर, फेरी पनि बजार हो । एभ्री थिङ माइट बी रङ, मार्केट इज अल्वेज राइटभनेजस्तै बजार त आखिर बजार हो, यसको भविष्यबाणी गर्न असहजमात्र छैन, असम्भव वरपर छ ।  

हुन त नेपालमा लगानीकर्ता पनि त्यस्तै छन्, बजार भुँइमा छ भन्दा कोहि किन्न तयार भएनन्, तर बजार १००० अंक बढेपछि अव कुन किन्ने, कहिले किन्ने भनेर आत्तिएका छन् नयाँ लगानीकर्ताहरु । सबैतिरको पैसा अहिले बजारमा आईरहेको छ । अन्त राम्रो व्यवसाय नभएका कारण ठुला व्यवसायी पनि बजारमै छन् । थोरै थोरै गरेर बजारमा ठुलो पैसा भित्रिएको छ । हरेक बुल बजारमा जस्तै चोक चोक, गल्ली–गल्लीमा सेयर बजारको चर्चा चुलिएको छ । यसले बजार अझ माथि जान्छ भन्ने देखाउने जानकारहरुको ठम्याई छ ।

संस्थागत लगानीकर्तालाई ऋणको सिमा हटेपछि अहिले बजारमा भकाभक ठुला र संस्थागत लगानीकर्ताको उपस्थिति बढेको छ । बजारमा आपूर्ति सहजै खपत हुन थालेपछि हाईक्याप कम्पनी पनि बढ्न थालेका छन् । यीनीहरु पनि बढ्छन् र भन्ने कम्पनीहरुले अव बुलको लिड गर्न सक्ने सम्भावनाबारे बहस चुलिएको छ । समग्रमा भन्दा बजारमा बजार बढ्ने नै माहोल देखिएको छ ।

अर्कोतिर अव लाभांशको सिजन सुरु हुँदैछ । खत्तम भए भनिएका कम्पनीहरुका नाफा बढ्दैछन् । सेयर बजार खेल्ने चीज हो भनेर पत्रु कम्पनीमा लगानी गर्नेहरु पनि, अव यता रिस्क बढेको हुनुपर्छ भनेर फण्डामेन्टल कम्पनीमा सिफ्ट भईरहेका छन् । जसले पनि ती कम्पनीहरुमा ओभर सप्लाईको तनाव घटाईदिएको छ ।   नयाँले सस्तो कम्पनी खोज्न थालेका छन्, पूराना त पूराना भईहाले । यो माहोलले पनि बजार यतिकै तल जाँदैन भन्ने संकेत देखिएको पनि बजार जानकारहरुको बुझाई छ ।

भलै, बजारमा अरुका कुरा सुनेर मात्र लगानी गर्नु हुँदैन । बजारमा अध्ययन आवश्यक छ । बाँकी त हामीले भन्दै आएको कुरा हो, पैसा पनि तपाईंको, कारोबार पनि तपाईंको । घाटा भए, घाटा पनि तपाईंको र नाफा भए, नाफा पनि तपाईंको । आगे तपाईंकै मर्जी । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी