काठमाडौं । सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु सर्वसम्मत निर्वाचित भएका छन् । संघको २०औं वार्षिक साधारणसभाले आगामी ३ वर्षको लागि मारुलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्ष मारु विगत लामो समय देखि सिमेन्ट उद्योगमा आवद्ध छन् ।
नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दिर्घकालिन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि निजि क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने तथा सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंङकिङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरुसँग समन्वय गर्दै अघि बढ्ने अध्यक्ष मारुले बताए ।
नेपाल सिमेन्ट उत्पादक संघको २०औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको चयन गरिएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा रघु नन्दन मारु, नि. अध्यक्ष धुव्र थापा, उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिव राजाराम खड्का तथा कोषाध्यक्षमा अरुण कर्ण रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्