×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० रुपैयाँले घट्यो डल्ले च्याउको मूल्य, सोमबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३० रुपैयाँले घट्यो डल्ले च्याउको मूल्य, सोमबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Artha Sarokar

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज डल्ले च्याउको मूल्य घटेको छ। डल्ले च्याउको मूल्य ३० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, सानो गोलभेडा (टनेल) १८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ८०, घिउ सिमी लोकल ५०, घिउ सिमी राजमा १२०, भटमासकोसा १५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ३०, लौका ३०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ५५, हरियो फर्सी (डल्लो) ६०, भिण्डी ५०, पिंडालू ९०, स्कुस ५० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ८० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १७०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ७०, रातो बन्दा ८०, जिरीको साग ३००, सेलेरी ३००, पार्सले ७००, पुदिना ५००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ८०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ८०, भेडे खुर्सानी ८०, हरियो लसुन ११०, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २२०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ३५०, आँप (मालदह) १७०, आँप (दसहरी) १७०, अंगुर(कालो) ४००, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २५, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, लप्सी ७०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी