×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विपद् सूचनाका लागि राकुटेन भाइबर र एनडीआरआरएमएबीच सहकार्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विपद् सूचनाका लागि राकुटेन भाइबर र एनडीआरआरएमएबीच सहकार्य

Artha Sarokar

६ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राकुटेन भाइबर र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले विपद्सम्बन्धी सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘च्यानल’ सुरू गर्न साझेदारी गरेका छन् ।

बुधबार सम्पन्न उक्त साझेदारीमार्फत विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्न र आपत्कालीन तयारीलाई प्रभावकारी बनाउन दुवै संस्थाले प्रतिबद्धता जनाएका छन् ।

साझेदारीपछि भाइबरले विपद् सूचना च्यानलमार्फत प्राकृतिक प्रकोपको समयमा प्रयोगकर्ताहरूलाई जानकारी गराउनुका साथै अन्य सुविधा पनि प्रदान गर्ने जनाएको छ । यसमा रियल-टाइम अलर्ट, समाचार र आवश्यक सुरक्षा दिशानिर्देशन प्राप्त हुनेछन् । यसले प्रयोगकर्तालाई मनसुन अवधिमा आइपर्ने बाढी, पहिरो, भारी वर्षाजस्ता आपतकालीन अवस्थामा पूर्वतयारी गर्न एवं सावधान रहन मद्दत पुग्ने विश्वास गरिएको छ ।

यो च्यानलमार्फत प्रयोगकर्ताहरूले समयमै र आधिकारिक जानकारी प्राप्त गर्ने हुँदा आफू र आफ्ना परिवारलाई सुरक्षित राख्न उपयुक्त निर्णयहरू लिन सक्ने हुनाले यो च्यानल स्थानीय समुदायका लागि पनि महत्त्वपूर्ण स्रोत हुने अपेक्षा गरिएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी