काठमाडौँ । सेयर बजारका प्राविधिक विश्लेषक बिमोददेव पन्तले बैंकहरुको ब्याजदर घट्नु सेयर बजारका लागि पोजेटिभ न्युज भएको बताएका छन् । अर्थ सरोकार डटकमको ‘स्टक चार्ट विथ बिमोददेव पन्त’ मा बोल्दै उनले ब्याजदर घट्नु बजारको लागि सकारात्मक समाचार भएको बताएका हुन् ।
उनले भदौ महिनाका लागि बैंकहरुको ब्याजदर घट्दा यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने दाबी गरेका छन् ।
‘ब्याजदर घट्नु भनेको सेयर बजारका लागि सकारात्मक कुरा हो । यसलाई सेयर बजारले पोजेटिभ रुपमा स्वीकार गर्छ ।’, उनले भने, ‘जबसम्म ब्याजदर घटिरहन्छ, तबसम्म सेयर बजार बढिरहन्छ, यो सत्य हो । बैंकले दिने ब्याजभन्दा सेयर बजारबाट हुने रिटर्न बढी हुने हुँदा ब्याजदर घट्दा बजार बढ्ने हो ।’
त्यस्तै, उनले नेप्से परिसूचक निरन्तर उकालो गतिमा देखिए पनि केही सेक्टर वा सेयरमा लगानी गर्नेले कमाउन नसकेको भन्दै बजारमा कम्पनी छानेर लगानी गर्न पनि आग्रह गरेका छन् । पन्तसँग गरिएको थप कुराकानी भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्