काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले लगानी सम्बन्धी एक दिने छलफल तथा गोष्ठी आयोजना गर्ने भएको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्राविधिक सहकार्य तथा एक्यानको आयोजनामा असोज ११ गते (शुक्रबार) ‘नेपाल डिमिस्टिफाइङ्ग पाथ टू प्रोस्पेरिटी’ शीर्षकमा एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको हो ।
काठमाडौँको होटल मेरियटमा हुने उक्त कार्यक्रममा नेपालमा वैदेशिक लगानीमा देखिएका समस्या र त्यसका समाधान केन्द्रित बहस तथा छलफल गरिने एक्यानले जनाएको छ ।
एक्यानका अनुसार कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विशेष अतिथिका रुपमा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली रहनेछन् भने राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठ, कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत सिए जितेन्द्र धिताल र नागरिक लगानी कोषका कार्यकारी निर्देशक प्रभात कुमार कार्की प्यानलिस्ट रहनेछन् ।
कार्यक्रममा नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, बिजनेश अक्सिजन प्राइभेट लिमिटेडका अध्यक्ष तथा सीईओ शिद्धान्त राज पाण्डे, आइएमई ग्रुपमा कार्यकारी निर्देशक हेमराज ढकाल र अर्थविद् डा. विश्वास गौचन पनि प्यानलिस्टका रुपमा सहभागी हुने एक्यानले जनाएको छ ।
त्यस्तै, कार्यक्रममा आईआईडीएसका कार्यकारी प्रमुख, भारतको एसबीआई क्याप्सका प्रतिनिधि, पावर फाइनान्स कर्पोरेसन भारतका सिनियर जिएम, डोल्मा इम्प्याक्ट फण्डका प्रतिनिधि तथा नेपाली तथा वैदेशिक लगानीकर्ता र विज्ञहरुको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा भएको छलफलबाट निस्किएको निष्कर्षलाई दस्तावेजका रुपमा नेपाल सरकारका विभिन्न निकायलाई हस्तान्तरण गरिने पनि एक्यानले जनाएको छ ।
सोही दिन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को वार्षिक साधारण सभासमेत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्