Skip to content
LAXMI SUNRISE BANK

एयरपोर्ट वरिपरि चंगा, ड्रोन, बेलुन उडाउन नपाइने, उडाए कार्वाही

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वरिपरि चंगा, ड्रोन र बेलुन उडाउन नपाइने भएको छ । एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल आसपासका क्षेत्रमा ड्रोनसँगै चंगा र बेलुन उडाउन प्रतिबन्ध लगाएको हो । 

चाडपर्वको बेला अत्याधिक चंगा र बेलुन उडाइने र त्यसले हवाई सुरक्षामा जोखिम पुर्याउने भन्दै प्राधिकरणले सूचना नै जारी गरेर हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन र बेलुन नउडाउन निर्देशन दिएको छ । 

त्यस्तै, प्राधिकरणले चंगा, ड्रोन, बेलुन तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भन्दै हवाई सुरक्षा जोखिममा पर्नसक्ने कुनै पनि गतिविधि नगर्न र गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ ।’ कार्यालयको सूचनामा उल्लेख छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK