×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त

Artha Sarokar

१ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  गरिमा विकास बैंकको  नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई असोज १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको बैंकले जनाएको छ । रेग्मी गरिमा विकास बैंकमा दुई वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

अनिल रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ ।

बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आबद्ध रहेका रेग्मीसँग बैंकिङ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभवसमेत रहेको बैंकले जारी गरेको विज्ञपितमा उख्लेख छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी