×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ प्रकारका स्याउ उत्पादन हुने नेपालमा ९० प्रतिशत विदेशबाट आयात, स्वदेशी स्याउ रुखमै कुहिँदै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१५ प्रकारका स्याउ उत्पादन हुने नेपालमा ९० प्रतिशत विदेशबाट आयात, स्वदेशी स्याउ रुखमै कुहिँदै !

Artha Sarokar

११ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपालमा १५ प्रकारका स्याउ उत्पादन हुने गरेको पाइएको छ । स्याउ व्यवसायीहरूका अनुसार नेपालमा ४/५  किसिमका स्याउ मात्र उत्पादन हुने गरेको बताइए पनि हाल १५ प्रकारका उत्पादन भइरहेको हो ।

कर्णालीका हुम्ला, जुम्लालगायत, मनाङ, मुस्ताङ, बाजुरा, जाजरकोटमा स्याउ उत्पादन बढी हुने गरेको छ । किसान भेन्चरका प्रमुख राजेश कार्कीका अनुसार नेपालमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचा रेड डेलिसियस, ग्रान्नी स्मिथ, म्याकेन्ट्स, जोनाथन, फुजी, भान्स डेलिसियस, रेड गोल्ड, रेड चिफ, रेड स्पर, वेल स्पर जातका स्याउ उत्पादन हुन्छन् ।

‘मध्यम चिसोमा क्रिस्पिन, रेड जुन, कक्स अरेन्ज पिपिन, किङ अफ पिपिन जातका स्याउन उत्पादन हुन्छ । कम चिसोमा अन्ना, भेरिड, ट्रपिकल ब्युटी जातका स्याउ उत्पादन भइरहेको छ । तर चारपाँच किसिमका मात्र उत्पादन हुने भनेर प्रचार गरिनु दुखद हो,’ प्रमुख कार्कीले भने । नेपालकै उत्पादनले बजार धान्न सक्ने भएपनि सरकारले त्यसलाई महत्व नदिएको उनको बुझाइ छ ।

नेपाली बजारमा स्वदेशी उत्पादन पुग्न नसकेको उनले बताए । जुम्लाका किसान रामसिंह रावलका अनुसार सरकारले स्याउलाई प्राथमिकता नदिएको र कोल्ड स्टोर निर्माणमा ध्यान दिन सकेको छैन ।

‘चाडपर्वको समयमा हामीले नेपाली स्याउलाई काठमाडौँलगायत देशका मुख्य शहरमा पुर्याउने गरेको भएपनि ढुवानीका कारण व्यवसायी मारमा पर्ने गरेका छन् । हुम्लामा २० रुपैयाँ किलोमा पाइने स्याउ काठमाडौँ पुर्याउन मात्र ८० रुपैयाँ खर्च गर्नुपरेको छ । हुम्लाको अवस्था पनि उस्तै छ ।’, उनले भने । त्यस्तै, ढुवानीको अभावमा सयौँ किलो स्याउ कुहिने गरेको र गाईबस्तुले पनि नखाने गरेको उनले बताए । नेपाली बजारमा प्रतिदिन दुई करोड ३० लाख रुपैयाँभन्दा बढीको स्याउ बिक्री भइरहेको छ । नेपालमा स्याउ पर्याप्त उत्पादन भए पनि ९० प्रतिशत चीन र भारतबाट आयात भइरहेको पाइएको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालमा एक अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको स्याउ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी