×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जबाट पाँच अर्ब २६ करोडको सामान निर्यात

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वीरगञ्जबाट पाँच अर्ब २६ करोडको सामान निर्यात

Artha Sarokar

१० आश्विन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा पाँच अर्ब २६ करोड ३७ लाख १० हजार रुपैयाँ मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको सामान निर्यात भएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले ४९ करोड ५९ लाख २८ हजार रुपैयाँ मूल्यपर्ने ६९ लाख ५३ हजार रुपैयाँ किलोग्राम पिना निर्यात भएको जानकारी दिए । विगतको तुलनामा पिनाको निर्यातमा वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको ३३ करोड ३९ लाख सात हजार मूल्य पर्ने १४ लाख ५६ हजार आठ सय चार किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु २० करोड ३६ लाख ६८ हजार मूल्य पर्ने आठ लाख ३८ हजार एक सय ४० किलोग्राम सिन्थेटिक यार्न निर्यात भएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको भदौसम्म १२ करोड ९३ लाख २८ हजार मूल्य पर्ने १७ लाख नौ हजार एक सय ६० किलोग्राम ‘एमएस स्टिल स्ट्रिप’ निर्यात भएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ८२ लाख ९९ हजार मूल्य पर्ने ५४ हजार एक सय ८२ वर्गमिटर उनी गलैँचा निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उनी गलैँचा कार्पेटको निर्यातमा २०.४३ प्रतिशतले गिरावट आएको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म एक अर्ब २९ करोड तीन लाख ७९ हजार मूल्य पर्ने एक करोड ३६ लाख ४५ हजार आठ सय लिटर जुस जाम निर्यात भएको छ । गत आर्थिक वर्षको भदौ मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जुस जामको निर्यात भने पाँच दशमलव ११ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको अवधिमा रु ११ करोड ७९ लाख ८४ हजार मूल्य पर्ने ६७ हजार तीन सय ८० किलोग्राम कुकुर वा बिरालोको खाना निर्यात भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी