काठमाडौँ । बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएको छ । शनिबार पोखराबाट काठमाडौँका लागि उडान भर्न ठिक्क परेको बुद्ध एयरको यु४ ६१६ उडान नम्बरको जहाजको इन्जिनमा समस्या आएको हो ।
जहाज पार्किङबाट रनवे (धावनमार्ग) पुगेर उडानका लागि ‘हाई स्पिड’ लिइसकेको थियो ।
तर, उडनका लागि स्पिड लिइसकेको जहाज एक्कासी रोकिएको थियो । त्यसपछि विमानका पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको भन्दै जहाजलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलको रनवेबाट पुनः पार्किङमा फर्काइएको जहाजमा सवार एक यात्रुले बताएका छन् ।
ती यात्रुका अनुसार रनवेमा जहाज एक्कासी रोक्किएपछि जहाज केही अनियन्त्रित भएको थियो । तर, पाइलटले केहीबेरमै जहाजलाई नियन्त्रणमा लिएका थिए । उडान भर्न स्पिड लिइसकेको जहाज एक्कासी रोकिँदा यात्रुहरुमा त्रास सृजना भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्