×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुवा केयरले तपाइँका बुवाआमालाई वर्षभरि हेरचाह गरिदिने, औषधिउपचारदेखि तीर्थ यात्रासम्मका सुविधा 

LAXMI SUNRISE BANK
GLOBAL

बुवा केयरले तपाइँका बुवाआमालाई वर्षभरि हेरचाह गरिदिने, औषधिउपचारदेखि तीर्थ यात्रासम्मका सुविधा 

२३ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुवा केयरले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न सेवा सञ्चालन गर्दै आइरहेको छ । पछिल्लो डेढ वर्षदेखि बुवा केयरले काठमाडौँ, भक्तपुर र ललितपुरका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य तथा मनोरञ्जनका विभिन्न सेवाहरु सञ्चालन गर्दै आइरहेको हो । 

हाल बुवा केयरले देशभरी नै स्वास्थ्य, मनोरञ्जनका विभिन्न सेवासँगै टेलिमेडिसिन सेवा पनि दिँदै आएको बुवा केयरका प्रमुख शंकर पोखरेलले जनाएका छन् । पोखरेलका अनुसार बुवा केयरको सेवा लिनका लागि सुरुमा ज्येष्ठ नागरिकले बुवा केयरको वार्षिक सदस्यता लिनुपर्छ । त्यसपश्चात् बुवा केयरले सदस्यता लिएका ज्येष्ठ नागरिकलाई सम्पूर्ण सेवा दिनेछ । 

किन लिने बुवा केयरको वार्षिक सदस्यता ? 
यसो त बुवा केयरको सदस्यता लिएपछि विभिन्न सेवासँगै थुप्रै फाइदाहरु पनि पाइन्छन् । जसमध्येको एक, देश तथा विदेशका विभिन्न अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा छुट पाइने रहेको बुवा केयरका प्रमुख पोखरेलले बताएका छन् । 

पोखरेलका अनुसार बुवा केयरको वार्षिक सदस्यता लिएपछि असक्षम सेवाग्राहीलाई १५ लाखसम्मको मेडिकल कभरेज उपलब्ध गराइनेछ भने ‘डाक्टर अन कल फ्यासिलिटी’ अनुसार घरमै स्वास्थ्य चेकजाँचको सुविधा पनि उपलब्ध गराइनेछ । त्यसका बावजुत घरमै औषधी डेलिभरी गराउन सकिने पनि पोखरेलले जानकारी दिएका छन् । 

त्यस्तै, बुवा केयरको उद्देश्य सेवा निवृत्त व्यक्तिहरुको शारीरिक र मासिक स्वास्थ्यको ख्याल गर्नुका साथै मनोरञ्जन र हौसला प्रदान गर्नु र उपयुक्त स्याहार गर्नु रहेको पोखरेलले बताएका छन् । 

उनका अनुसार हाल बुवा केयरले ज्येष्ठ नागरिकको स्वास्थ्यको स्याहार गर्नुका साथै ‘रिफ्रेसमेन्ट’ कार्यक्रम अन्तर्गत पिकनिक, टूर तथा तिर्थ यात्रा र विभिन्न देश र विदेशका प्राइभेट ट्राभल गराउँदै आएको छ । यसरी गरिने भ्रमणमा सदस्यको १५ लाखसम्मको दुर्घटना बीमा र १ लाखसम्मको स्वास्थ्य बीमाको सुविधासँगै यात्रा अवधिभर अनुभवी चिकित्सकको समेत व्यवस्था गरिने बुवा केयरका प्रमुख पोखरेलले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी