काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको लाभांश घोषणा भएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको असोज १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनफाबाट लाभांश दिने घोषणा गरेको हो ।
बैठकले सेयरधनीहरुलाई सिटिजन्स म्युचुअल फण्ड-१ बाट कर सहित ९ प्रतिशत नगद लाभांश, सिटिजन्स म्युचुअल फण्ड-२ बाट कर सहित ६. ५ प्रतिशत नगद लाभांस र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।
साथै, उक्त लाभांस वितरण प्रयोजनका लागि मिति २०८१ आश्विन २३ गते एक दिन सिटिजन्स म्युचुअल फण्ड-१, सिटिजन्स म्युचुअल फण्ड-२, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड को ईकाइधनी दर्ता किताब बन्द रहने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा समग्र आर्थिक चुनौतीहरुका बाबजुत पनि सिटिजन्स क्यापिटलले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका तिनै वटा योजनाहरुमा लाभांस दिन सक्षम भएको छ । क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्