काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८ औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ उपहार योजना घोषणा गरेको छ । कम्पनीले समस्त नेपालीहरूको महान चाड २०८१ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा आफ्ना ग्राहकहरुसंग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने ‘१८ औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौँ गुणा’ उपहार योजना घोषणा गरेको हो ।
कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपालको उपस्थिति थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना बिजेताहरूलाई जनही रु ५०० को वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको छ ।
कम्पनीका अनुसार यस ‘१८औं वर्षमा १८ गुणा, परिवार मा खुशी लाखौ गुणौें’ अफर असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुने छैन ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्