काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्काशनका लागि डबल बी रेटिङ पाएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपालले क्रेस्ट माइक्रो लाइफलाई डबल बी रेटिङ प्रदान गरेको हो । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।
साथै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेड र आरविवि म्युचुअल फण्ड-१ सँग भदौ १७ गते सम्झौता गरी सर्वसाधारणमा जारी गरिने धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशनका लागि सेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ ।
स्थापनाको छोटो अवधिमा नै लघु बीमाको ठुलो हिस्सा ओगटी नाफा कमाउन सफल भए पनि रेटिङलाई प्रारम्भिक वर्षहरुमा हुने सञ्चालन, व्यवस्थापन तथा जोखिमाङ्कन खर्चले असर पार्ने हुँदा कम्पनीले यस्तो रेटिङ पाएको हो । निकट भविष्यमा हुने कारोबारको विविधिकरण सहितको व्यापार विस्तार, गुणस्तरिय लगानी तथा नियन्त्रित दावी भुक्तानी प्रकृयाले रेटिङलाई सकारात्मक प्रभाव पार्ने जनाईएको छ ।
कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गर्ने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्