Skip to content
LAXMI SUNRISE BANK

‘धुलिखेल-खावा’ सडकखण्डको हरिबिजोग, पानी पर्दा हिलैहिलो, नपर्दा धुलैधुलो… (फोटो-कथा) 

अर्थ सरोकार

काठमाडौँ । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे । सडक खाल्डाखुल्डीले भरिएको । हरेक स्थानमा पहिरो जसका कारण अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्न सर्वसाधारणले निकै सास्ती भोग्नु परेको छ । सडक निर्माण कार्य समयावधि भित्र सम्पन्न नगर्नु, सम्बन्धित निकायले ध्यान नदिनुजस्ता कारण निर्माण कम्पनीहरुको लापरबाहले त्यस क्षेत्रका स्थानियहरु बषौँ देखि धुलो र हिलो झेल्न बाध्य भएका छन् । 

भक्तपुरस्थित सडक डिभिजन कार्यालयले काठमाडौंको गौरीपार्वती निर्माण सेवा नामक निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण सम्पन्न नहुँदा बर्खाको समयमा सडक जीर्ण भएर जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माणका लागि विभिन्न समयमा सवारी साधनहरुको आवागमन बन्द गरि कार्य अगाडि बढाए पनि अझै सकिएको छैन् ।

राजधानी काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको खासा बजार सम्म पुग्न सकिने सो सडक नेपालको एक प्रमुख व्यापारीक सडक पनि हो । केही वर्षदेखि जीर्ण बन्दै भएको धुलिखेल-खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो ।

उक्त सडकमा गुड्ने मालबाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सडक डिभिजन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएमआस्फाल कालोपत्र गर्ने योजना थियो । उक्त सडकका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो । निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । केही महिना समय थपेर पुनर्निर्माण थालिएकाले छिटो सम्पन्न गर्ने योजना रहे पनि अहिलेसम्म जम्मा २० प्रतिशत काम मात्र सकिएको छ ।

उक्त सडक खण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिना अर्थात् २०८० चैत १९ गतेको समय तोकिएको थियो । यो बाटो बनाउन थालेको साढे दुई वर्ष  भन्दा बढी भइसक्यो अझै पनि जस्ताको तस्तै छ। सडक छेउमा व्यवसाय गर्दै आएका होटलहरु सुनसान बन्दै गएका छन् भने कतिपय बन्द भइसकेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK