काठमाडौँ । डिशहोमले चाडपर्वको अवसर पारेर आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि ‘खुशीको सेलीब्रेसन’ योजना घोषणा गरेको छ । डिशहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरि संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउनको लागि डिशहोमले यस्तो योजना घोषणा गरेको हो ।
यस योजना अन्तर्गत २०० तथा ३०० एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप तीन महिना बोनस ग्राहकहरुलाई प्रदान गर्न लागेको जनाएको छ । यस खुशीको सेलीब्रेसन योजनाको लाभ उठाउन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाई वा हट लाईन नम्वरमा सम्पर्क गर्न सक्नेछन् ।
स्थापनाको छोटो अवधिमै साँढे ३ लाख बढी ग्राहकहरुलाई इन्टरनेट सेवा दिंदै आएको भन्दै कम्पनीले डिशहोम इन्टरनेट ग्राहकहरुको प्रमुख रोजाइमा पर्ने गरेको दाबी गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्