Skip to content
LAXMI SUNRISE BANK

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४७ रुपैयाँ ९१ पैसा र बिक्री दर १४८ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७७ रुपैयाँ ८० पैसा र बिक्री दर १७६ रुपैयाँ ५९ पैसा पुगेको छ । यता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK