काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ । उक्त समितिले यही २०८१ असोज ३ गतेदेखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको हो ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहनेछ । यही भदौ ३० गते आइतबार एक समारोहका बीच उक्त टुर्नामेन्टको महिला तथा पुरूषतर्फको समूह विभाजन तथा ट्रफी सार्वजनिक गर्ने कार्य सम्पन्न भएको छ ।
प्रभु बैंक मुख्य प्रायोजक रहेको यस टुर्नामेन्टको सह प्रायोजकको रुपमा कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, आइसिएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, नबिल बैंक, एनएमबी बैंक, साइन रेसुङ्गा विकास बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंक रहेका छन् । उक्त टुर्नामेन्टमा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि मेडिकल पार्टनर, बोटलर्स नेपाल लिमिटेड र एसिएन थाइ फुड्स प्रालि विभरेज पार्टनर तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीमा पार्टनरको रुपमा रहनेछन् । टुर्नामेन्ट हाँडीगाँउ स्थित धनयन्तरी स्पोर्ट्स हवमा सञ्चालन हुनेछ ।
नेपाल राष्ट्र बैंक सहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवम् आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिने छ । महिला तथा पुरुष तर्फको विजेता टोलीले रु १ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले रु ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यता, पुरुष तर्फको उपाधि रक्षाको लागि एनआईसी एसिया बैंक तथा महिला तर्फको उपाधि रक्षाको लागि ग्लोबल आइएमई बैंकले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया पश्चात समितिले दोस्रो संस्करण सञ्चालन गर्ने निर्णय गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्