काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर तरलता रहेको बताएका हुन् ।
उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फ्रिती सायद इतिहासमै तल छौं । त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’
साथै, उनले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरु तल रहेको बताए । उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरुलाई अगाडि बढाउनको लागि र नीजि क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्