काठमाडौँ । डेभलपमेन्ट बैंकका ग्राहकहरूलाई ग्यालेक्सी हस्पिटलमा छुट हुने भएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको बैंकका ग्राहकहरूलाई पोखरा महानगरपालिका वडा नंं १०, उत्तमचोकमा अवस्थित ग्यालेक्सी हस्पिटलका विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा छुट हुने भएको हो ।
बैंकका ग्राहकहरूले ग्रीन डेबिट कार्ड, मोबाइल बैंकिङ प्रयोगगरी हस्पिटलमा उपलब्ध युएसजि, इसिजि, इक्स रे, अल टाइप अफ बेड चार्ज, प्याथोलोजी सर्बिस र हेल्थ प्याकेजमा १५ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
ग्यालेक्सी हस्पिटल पोखराको सुविधा सम्पन्न अस्पताल रहेको र उक्त अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सहरुद्धारा आधुनिक प्रविधियुक्त उपकरणबाट विशेषज्ञ स्वास्थ्य सेवाहरू प्रवाह हुँदै आएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक संयुक्त बहादुर धाख्वा र ग्यालेक्सी हस्पिटल प्रालिका तर्फबाट अध्यक्ष बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। हेमन्त मानन्धरले हस्ताक्षर गरेका छन् । कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक दिपेन थापा र बैंकको बुद्धचोक शाखाका शाखा प्रबन्धक मान बहादुर शाहीको समेत उपस्थिति रहेको थियो । यो सम्झौता १ (एक) वर्षको लागी गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्