×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बाराही हस्पिटालिटी अन्तर्गतका चार होटललाई साउथ एसियन ट्राभल अवार्ड

Artha Sarokar

८ आश्विन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बाराही हस्पिटालिटी अन्तर्गतका चार होटलले साउथ एसियन ट्राभल अवार्ड्स (साटा) प्राप्त गरेका छन् । गत वर्षबाट संचालनमा आएको काठमाडौंको ठमेलमा रहेको चार तारे स्तरको होटल बाराही काठमाडौंले दक्षिण एसियाकै उत्कृष्ट नयाँ होटलको रुपमा गोल्ड अवार्ड पाएको हो ।

यस्तै पोखराको ‘नेचुरल भ्यु पोइन्ट’ सारङकोटको डाँडामा रहेको सारङकोट माउन्टेन लजले मस्ट रोमान्टिक रिसोर्टको अवार्ड प्राप्त गरेको छ । माछापुच्छ्रेको छाँयाले डुबुल्की मार्ने रुफटप स्विमिङ पुल, हिमशृङ्खला र सुर्योदय हेर्दै रमाउन सकिने बाथटब, सितल मौसम र उत्कृष्ट आतिथ्यताले सारङकोट माउन्टेन लज प्रसिद्ध छ ।

निकुञ्ज भित्रका होटलको झल्को दिने पर्यावरण मैत्री बाराही जंगल लजले लिडिङ वाइल्डलाइफ रिसोर्टको अवार्ड प्राप्त गरेको छ । चितवनको मेघौलीमा रहेको सो लज ‘लिजर टुरिजम’ का लागि उत्कृष्ट गन्तव्य हो ।

यस्तै पोखराको नौ नम्बर स्ट्रीटमा रहेको होटल ‘आवास पोखरा’ ले ४० भन्दा कम रुमको लिडिङ सिटी होटलको अवार्ड पाएको छ । रुफटप बार, इन्फिनिटी स्विमिङपुल सहितको यो होटल बजेट फ्रेन्ड्ली ग्राहकको रोजाइमा पर्ने गरेको छ ।

हस्पिटालिटिको उत्कृष्ट अभ्यास गर्ने आफ्ना कर्मचारीहरुको कारण अवार्ड प्राप्त गर्न सफल भएको हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए ।

साटाका संस्करणहरु दक्षिण एसियाका विभिन्न सहरमा आयोजना गरिँदै आइएको छ । यसपटकको ८औं संस्करण होटल एसोसिएसन नेपाल ९हान०को सहकार्यमा नेपालमा सम्पन्न भएको हो ।

दक्षिण एसियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा छ देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी