काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको हो ।
आइपीओ जारी गर्नका लागि इन्स्योरेन्सले बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रमकामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि व्यवस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा सेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको धनगढीमा मुख्य कार्यालय स्थापना गरि नेपाल बिमा प्राधिकरणबाट बिमा ऐन २०७९ तथा बिमा नियमावली २०४९ बमोजिम इजाजत प्राप्त गरि सम्पत्ति बिमा, घर (आवास) बिमा, दुर्घटना बिमा, मोटर बिमा, स्वास्थ्य बिमा लगायतका लघु निर्जीवन बीमा सम्बन्धि सेवा ललितपुर, गुसिङ्गलमा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका ३ शाखा, ११ उप–शाखा तथा १४ विस्तारित (एक्सटेन्सन) शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्