Skip to content
LAXMI SUNRISE BANK

जर्मन लक्जरी वाच ‘नोमोस’ नेपाली बजारमा, सिम्प्लिसिटी र एलिगेन्स डिजाइनमा संसारभर ख्याति पाउन सफल

अर्थ सरोकार

काठमाडौँ । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारिक रुपमा भित्रिएको छ । ५२ वर्ष अगाडि नेपालमा लक्जरी स्विस वाच आयात तथा बिक्री वितरणबाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रा. लि. ले नोमसलाई भाद्र १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्गस्थित बिक्रीकक्षमा नोमोसको बिक्री तथा बिक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो ।

सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टीकृत गरेको छ । डिजाइनमा सिम्प्लिसिटीएलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाइनका रुपमा संसारभर ख्याति पाउन सफल भएको छ । प्रिसाईज्ड टाईम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सर्वाधिक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड हो । स्विट्जरल्याण्ड भन्दा बाहिर रहेर वाच मेकिङ्मा ठूलो सफलता हासिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरिनै सम्मानपूर्वक हेरिने गरिन्छ ।

‘नेपाली वाच कलेक्टरहरुले लामो समयदेखि प्रतिक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाउँदा हामी निक्कै हर्षित भएका छौं । नेपाली बजारमा नोमसलाई आधिकारीक रुपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवालाले  भने, ‘यो आधुनिक पुस्ताले मन पराउने ब्राण्डडिजाइन हो । नोमसले आफ्नो ऐतिहासिक महत्व कायम गर्दै डिजाइनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् ।’ अध्यक्ष शम्भुले शुरु गरेका स्विस टाईमपिसेस् नेपालले आज कार्यकारी निर्देशकको रुपमा तेश्रो पुस्तामा पुस्तान्तरण भइसकेको छ । तीन पुस्ताले सम्हालेको स्विस टाईमपिसेस् नेपालले विश्वभरका एक दर्जन प्रिमियम लक्जरी वाच ब्राण्डलाई नेपाली बजारमा आयात तथा बिक्री वितरण गर्दै आएको छ । दरबारमार्गमा रहेको स्विस टाईमपिसेस् नेपालको मल्टिब्राण्ड सोरुम बाट ग्राण्ड सिको, ओरिस, टिटोनी, सिगा डिजाईन, फेड्रिक कन्स्ट्यान्ट जस्ता प्रिमियम लक्जरी वाच ब्राण्डको बिक्री वितरण गर्दै आएको छ ।

नेपाली बजारमा ५२ वर्ष देखी अनवरत रुपमा विभिन्न ब्राण्डका लक्जरी वाचहरुको बिक्री वितरण गर्ने स्विस टाईमपिसेस् नेपालले आफ्ना ग्राहकलाई दिँदै आएको अतुलनीय बिक्री पश्चातको सेवा प्रदान गर्दै आएको छ । लक्जरी वाचको खरिद बिक्री, लक्जरी वाचका सन्दर्भमा परामर्श तथा कलेक्टरहरुबीच रहेका जिज्ञासाहरुको समाधानमा देखाएको तत्परताले स्विस टाईमपिसेस् नेपाल आज नेपाली वाच बजारमा विश्वसनिय नाउँ बन्न सफल भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK