Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा १२ प्रतिशत लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीका लागि १२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

बैंकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १२ प्रतिशत लाभांश दिने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंककोआगामी १८औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउने छन् ।

योसँगै कामना सेवा लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिसेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत भएको बैंकको दाबी छ ।

बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK