Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक र धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्टबीच छुट सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरु जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK