काठमाडौं । कुमारी बैंकले यूएसएडको सहकार्यमा ‘देशैभरि वर्षैभरि’ अभियानको रुपमा वित्तीय साक्षरता प्रर्वद्धनका लागि सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरुलाई औपचारिक वित्तीय संयन्त्रमा आर्कषित गर्ने उद्देश्यले बैंकले प्रशिक्षकहरुलाई प्रशिक्षण गराएको हो ।
सो अभियान अन्तर्गत बैंकले वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकाससहित सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्नेगरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनयसहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देश लगायतका सामग्री प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
स्थानीय स्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी व्यवसायिक एवं उद्यमशील सम्भावनाहरुलाई प्रवर्द्धन गर्दै उद्यमशिलता विकासमा टेवा पुग्ने बैंकले अपेक्षा गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्